काठमाडौं– यात्रुसँग बढी भाडा लिने सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ ।
दसैंका लागि घर फर्किने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ । काठमाडौंबाट गुड्ने लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दै आएको हो ।
सोमबार र मंगलबार गरी काभ्रे ट्राफिक प्रहरीले तीन वटा बसलाई कारबाही गरेको प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए ।
तीन वटै बस काठमाडौंबाट झापाका लागि गुडेका बस हुन् ।
काठमाडौंदेखि झापासम्मको भाडा १७२५ रुपैयाँ छ । तर उनीहरूले यात्रुहरूसँग २१००, २२०० र २००० रुपैयाँ लिएको पाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तीन वटा गाडीमा सवार ७० यात्रु ठगीमा परेपछि ट्राफिक प्रहरीले चालकबाट बढी भाडा असुल गरी यात्रुलाई फिर्ता गराएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar