काठमाडौं– चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा रेमिट्यान्स २२ दशमलव १ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।
गएको आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स झन्डै २० प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने कमी आएको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २८ दशमलव ३ प्रतिशतले कमी आई ७४ हजार ४ सय ५५ जना कायम भएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा १८ दशमलव ३ प्रतिशतले कमी आई ३२ हजार ४ जना कायम भएको छ ।
गएको वर्षको २ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७० प्रतिशतले बढेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar