काठमाडौं– रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । आज निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।
अहिले उनी आम जनता पार्टीमा आबद्ध छन् । उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar