काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न तयार रहेको बताएका छन् ।
आजदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए ।
उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए ।
उनले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar