एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने भएका छन् ।
राष्ट्रपति बाइडेनले कोलोराडो भ्रमणको योजना रद्द गरेर इजरायल जान लागेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजनाबारेमा जानकारी लिन उनी इजरायल जान लागेका हुन् । उनले गाजामा मानवीय सहायताको अवस्थाबारेमा पनि जानकारी लिने कार्यक्रम छ ।
यस्तै, बाइडेन इजरायल भ्रमणपछि मध्यपर्व सुरक्षाको बारेमा छलफल गर्न जोर्डन जाने कार्यक्रम छ । इजरायली सेनाले गाजामा रकेट आक्रमण गरिरहेको छ ।
यस्तै, हमासले पनि सीमा क्षेत्रसहित इजरायलको राजधानी तेल अभिभमा रकेट प्रहार गरिरहेको छ । अहिले गाजा क्षेत्रको जनजीवन अस्तव्यस्त रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar