काठमाडौं– भन्सार छलेर ल्याइएको कारसहित एक जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने दिनेश बस्याल रहेका छन् ।
उनले बा १८च २७२२ नम्बरको कार भन्सार छलेर ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले बस्याललाई आफ्नै घर अगाडि उक्त कार चलाइरहेको अवस्थामा फेला पारेको थियो ।
उक्त कारसहित बस्याललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar