काठमाडौं – विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औं स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औं स्थानमा रहेको नेपाल यस वर्ष ६९ औं स्थानमा आएको हो ।
विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालको अवस्था सुधारोन्मुख र मध्यम खालको भोकमरी भएको देशको सूचीमा छ ।
शून्यदेखि एक सय अङ्कमा मापन गरिने सूचकाङ्कमा जसको अङ्क सबैभन्दा कम हुन्छ त्यसैलाई कम भोकमरी भएको देशको रूपमा लिइन्छ ।
नेपाल १५ अङ्कसहित एक सय २५ देशमध्ये ६९ औँ स्थानमा रहेको हो । नेपालको अवस्था दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्ग्लादेश भन्दा राम्रो देखिएको छ । भारतले भने प्रतिवेदन त्रुटिपूर्ण रहेको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar