काठमाडौं– सेयर बजार आज २३ अङ्कभन्दा धेरैले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सको सेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेको छ ।
आज ४८ लाख ३७ हजार कित्ता सेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर सेयर ६ करोड २४ लाख रुपैयाँमा किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar