काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते बुधबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई आज दिएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेश सभालाई सूचना दिनुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्था छ ।
यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar