एजेन्सी– इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । इजरायलका राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताएका छन् ।
यस्तै, उनले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताएको सीएनएनले जनाएको छ ।
हमासलाई समाप्त पार्न जे गर्न पछि नपर्ने उनको भनाइ छ । हमास माथिको आक्रमण पछि गाजा क्षेत्रमा कसको शासन चल्छ भन्ने प्रश्नमा उनले युद्ध पछिको कुरा आफूले अहिले भन्न नसक्ने बताएका खबरमा उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रलाई कब्जामा लिए त्यो इजरायलका लागि गलत हुने प्रतिक्रिया दिएका थिए । यो अभिव्यक्ति पछि इजरायलको प्रतिक्रिया आएको हो ।
इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar