काठमाडौं– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरूले आजै पद तथा गोपनियताको शपथ लिने छन् ।
शनिबार कांग्रेसका प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगरलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar