काठमाडौं– कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथपछि आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका हुन् ।
कोशी सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट आज दुईजना मन्त्री बन्न लागेका हुन् ।
एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने भएको बुझिएको छ । उनीहरू दुवैजना इलामका हुन् ।
कांग्रेसका प्रदेश सभा सदस्य कार्की नेता डा.शेखर कोइराला समूहका ८ र एमालेका ३९ जना सांसदहरुको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar