काठमाडौं– सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ९५ हजार १० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको पहिला हक विद्यमान सेयरधनीहरुलाई रहेको छ । सो सेयर खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित मिति (असोज २८) ले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंको कम्पनी सचिवको कार्यालय खरिद गर्न चाहेको सेयर संख्यासमेत खुलाई आवेदन दिन सक्नेछन् ।
तोकिएको समयावधिभित्र सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar