काठमाडौं– नेपालले जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालले १० रनमै तीन विकेट गुमाएपछि क्रिज आएका देव खनाल र अर्जुन कुमालले समान ३२ र ३२ रन बनाए । देवले २७ बलमा ३२ रनमा अविजित रहे । अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे ।
पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएको थियो ।
बहराइनका लागि मोहमद बसिल अब्दुल हकिमले ३४ रन बनाए । ७७ बलको सामना गरेका उनले २ वटा छक्का र २ वटा चौका प्रहार गरे। अन्य ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेनन् ।
नेपालका लागि दिपेश कँडेलले ६ विकेट लिए । दुर्गेश गुप्पाले ४ विकेट लिए ।
नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar