काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओली कोशीमा कांग्रेसको ८ सीटको पछि लागेको बताएका छन् ।
कांग्रेसलाई ३२ सीटे माओवादीको पछि लागेको आरोप लगाउँदै हिडेका ओली अहिले कोशीमा कांग्रेसको ८ सीटको पछि लागेको बताएका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले दलहरुका बीचमा आरोप प्रत्यारोप लगाउने भन्दा मिलेर अगाडी बढनुपर्ने भन्दै नेताहरुलाई संयमित भएर बोल्न पनि आग्रह गरे ।
ओलीले केही दिन पहिले कांग्रेस ३२ सीटको माओवादीको पछि लागेको भनी टिप्पणी गरेकोप्रति लक्षित गदैं महामन्त्री शर्माले ओली पनि कोशीमा कांग्रेसको ८ सीटको पछि लागेको बताएका हुन् ।
उनले भने, ‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर । हो त सही हो । उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ । पुस १० गते उहाँले बनाउनुभयो । आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर । त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar