काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई स्वीकार गरेको बताएका छन् ।
आज चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेकपा एमालेका सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका कार्की आफूहरूको पनि मुख्यमन्त्री भएको बताएका हुन् ।
‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ । अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो । त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ,’उनले भने ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच कोशी प्रदेश सरकार सन्दर्भमा छलफल भएको थियो ।
कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बनेको हुँदा आफूहरूले विश्वासको मत दिने उनले बताए ।
गठबन्धनको केन्द्रीय नेतृत्वको सहमति विपरीत कोशीमा कांग्रेसका शेखर कोइरालापक्षका केदार कार्की आज बिहान मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar