काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगी गर्ने ६ वटा पसललाई १ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले शुक्रबारको बजार अनुगमनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानका ती पसललाई आर्थिक जरिवाना गरेको हो ।
विभागका अनुसार बुढानिलकण्ठको पानी पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलले मूल्य सूची, दर्ता प्रमाण नराखेको पाइएको थियो । ४ जना सदस्यसहितको टोलीले पानी पसललाई ५० हजार जरिवाना तिराएको हो । यसबाहेक, ललितपुरको कस्मेटिक पसललाई २० हजार तिराइएको प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।
यस्तै, इन्द्रावतीको किराना पसललाई ५ हजार, खुसिबुको किराना पसललाई ५ हजार, कालिमाटीको माछा पसललाई ५ हजार र काठमाडौंको किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
यी पसलहरुले बिलबिजक नराख्ने, मूल्यसूची नराख्ने गरेको पाइएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar