काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले गत असार ३१ गते देखि बेपत्ता भई हालसम्म अज्ञात रहेका बेनिघाट रोराङ गाउँपालिका – ५ का शिव कुमार कार्कीबारे धादिङ प्रहरीले अनुसन्धान गर्न खुट्टा कमाएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाण्डेले कार्की बेपत्ता भएको ३ महिना कटिसक्दा पनि हालसम्म उनको अवस्था अज्ञात नै रहेको धादिङ प्रहरीले प्रभावकारी अनुसन्धान नै गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् । उनले प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइवीको टोली लगी अनुसन्धान गर्नसमेत सरकारसंग माग गरेका छन् ।
गत असार ३१ गतेबाट बेपत्ता भएका कार्कीको खोजी गरिदिन आग्रह गर्दै परिवारले साउन ४ मा प्रहरीमा निवेदन दिएपछि धादिङ प्रहरीले खोजीकार्य गरेको बताएपनि हालसम्म कुनै नतिजा सार्वजनिक नगरेको भन्दै पाण्डेले उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गर्नपनि माग गरेका छन् ।
यसैगरी पाण्डेले स्थानीय तहका कर्मचारीहरुले राजधानी केन्द्रित आन्दोलन गर्दै आएको बारे सरकारले तुरुन्तै बार्ता गरी समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै इजरायलमा हमास समुहको आक्रमणमा परि निधन भएका र अन्य नेपालीहरुको उद्धारका लागी पनि सरकारले तुरुन्त कदम चाल्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै उनले धादिङ, नुवाकोटको सिमानामा अवस्थित बन्चरेडाँडामा काठमाडौं महानगरपालिकाले अव्यवस्थित् रुपमा फाल्दै आएको फोहोर व्यवस्थित गर्न सरकारले खासै ध्यान नदिएको बताए । फोहोर व्यवस्थापनको माग राख्दै पटक–पटक सम्बन्धित निकायमा धाउँदा पनि समाधान हुन नसकेकाले जतिसक्दो छिटो फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar