काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।
आज दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले मुलुकमा उत्पादन भएका वस्तुहरु निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे । उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए ।
गृहमन्त्री श्रेष्ठले विकासको निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निर्माण पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गरे । उनले हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम गर्न सकिने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar