काठमाडौं– द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन थप २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई आग्रह गरेका छन् ।
इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।
जहाँ आज फर्काइएकाबाहेक नेपाल फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण रहेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासले जनाएको छ ।
प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायलबीच शनिबारदेखि युद्ध चर्किदा इजरायलमा रहेका नेपालीहरु असुरक्षित महशुस गरी नेपाल फर्कन चाहेका छन् । शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।
हमासले शनिबार इजरायलमा अचानक गरेको आक्रमणमा परि १० नेपाली मारिएका थिए भने चारजना घाइते भएका थिए । एक नेपाली अझै सम्पर्कविहीन छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar