काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।
कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसद र भावी रणनीति तय गर्न कोशी प्रदेशका सभापति उद्धव थापाले आकस्मिक बैंठक बोलाएका हुन् । बैठक ११ बजे बस्नेछ ।
उनले दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्ने भन्दै गलत गतिविधि बारे बैठकमा छलफल हुने बताए । पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको उनको भनाइ छ ।
पार्टीमा जसले जे गरे पनि हुन्छ भन्ने गलत सन्देश गएको भन्दै सभापति थापाले अनुशासनहीनताको बिषयमा पार्टीले उपयुक्त निर्णय लिने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar