काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘दसै आयो’ योजना ल्याएको छ । दसैको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो । असोज १८ देखि कार्तिक ३० सम्म लागू हुने यस योजनाअन्तर्गत बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ । परम्परागत रूपमा दसैंमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान–पिन, भ्रमण, शपिङ तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो ।
पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ देखि कात्तिक ९ सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्ने व्यवस्था गरिएको छ ।अर्को अफर ‘शपिङ गरौंला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । सो योजना असोज २७ देखि कात्तिक ३ सम्म लागू रहनेछ ।
यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ देखि कात्तिक १२ सम्म फुडमान्डु एप बाट अर्डर गरी बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० सम्म क्यासब्याक पाउन सकिनेछ । यसै अफरअन्तर्गत के एफ सी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइने छ ।
त्यसै गरी, ‘रमाईलो गरौंला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ । क्यासब्याक अफर बाहेक असोज २५ देखि कात्तिक २५ सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकका लागि ५० हजार रुपैयाँभन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुने पनि जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar