काठमाडौं – इजरायल र हमासबीच जारी युद्ध केवल गोला बारुदबाट मात्र लडिएको छैन । युद्धमा मोबाइल फोन, क्यामेरा तथा इन्टरनेटको पनि भरपुर प्रयोग भैरहेको छ ।
विश्वभर युद्धका भिडियोहरु फैलाउनका लागि उल्लेखित प्रविधिको प्रयोग व्यापक ढंगल भैरहेको छ दुबै पक्षबाट । हमासले यस युद्धमा रकेट, ड्रोन तथा प्याराग्लाइडर्स जस्ता आधुनिक प्रविधिको प्रयोग गरेको छ ।
हमासको यो शक्ति तथा आक्रमण कौशललाई देख्दा एउटा प्रश्न हमेसा उब्जिन्छ कि आखिर यस प्रकारका अतिवादी संगठनहरुसँग पैसा कहाँबाट आउँछ ?
वास्तवमा दुनियाँभरका कैयन् संगठनहरुले यस्ता समूहहरुलाई सहयोग गर्दछन् । तर पछिल्ला केही वर्षहरुमा यी समूहका सदस्यहरुसम्म डिजिटल माध्यमबाट वित्तीय सहयोग पुगिरहेको छ । हो, यसका लागि विकेन्द्रित डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीले भूमिका खेलिरहेको छ ।
राष्ट्रसंघीय रिपोर्ट के भन्छ ?
गत वर्ष प्रकाशित संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनमा पनि यस्तै केही तथ्यहको खुलासा गरिएको छ । उक्त प्रतिवेदन अनुसार उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम तथा मिसाइल परीक्षणका लागि लाग्ने खर्च जुटाउन क्रिप्टोकरेन्सीको प्रयोग गर्ने गरेको छ ।
उत्तर कोरियाले क्रिप्टोकरेन्सी लेनदेनमा साइबर आक्रमणको माध्यमबाट समेत पैसा जुटाउने गरेको रिपोर्टमा दाबी गरिएको छ । सो रिपोर्टमा संयुक्त राष्ट्रसंघले भनेको छ, क्रिप्टोकरेन्सी एक्सचेन्ज तथा वित्तीय संस्थाहरुमाथि साइबर आक्रमण गरेर पैसा जम्मा पार्नु नै उत्तर कोरियाको आयको सबैभन्दा ठूलो स्रोत हो ।
सन् २०२० देखि २०२१ को बीचमा उत्तर कोरियाले ५ करोड डलरभन्दा धेरै रकम साइबर आक्रमणको माध्यमबाट चोर्न सफल भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar