काठमाडौं – इजरायलमा रहेका नेपाली लिएर नेपाल एयरलाइन्सको विमान बिहीबार राति ९ बजे काठमाडौं अवतरण गर्ने भएको छ । गएराति त्यसतर्फ गएको २ सय ५० सिट क्षमताको विमान नेपाली विद्यार्थी लिएर काठमाडौं फर्कन लागेको हो ।
परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि सोही विमानमा इजरायल गएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहने पहिलो लटका विद्यार्थीलाई लिएर विमान नेपाल आउन लागेको हो ।
इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ । इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको कारण ज्यान गुमाएका नेपालीको शव ल्याउन भने ढिलाइ हुने देखिएको छ । युद्धको अवस्थामा इजरायलले शव हस्तान्तरण गर्ने कानुनी प्रक्रिया लम्बिने देखिएकाले शव ल्याउन ढिलाई हुने प्रवक्ता लम्सालले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar