काठमाडौं– फिफा विश्वकप फुटबल छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि नेपालको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले अन्तिम टोली घोषणा गरेका छन् ।
नेपालले पहिलो चरणको पहिलो लेग बिहीबार साँझ ५ः३० बजे लाओससँग दशरथ रंगशालामा खेल्नेछ भने दोस्रो लेग आगामी साता लाओसमा हुनेछ ।
दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ ।
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट रहेका छन् ।
यसैगरी मिडफिल्डरमा सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी र फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar