काठमाडौं– लगातारको गिरावटपछि चौथो दिनमा सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । आज नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।
नेप्सेमा सामान्य सुधार आए पनि अझैं कारोबारमा भने सुधार आउन सकेको छैन । आज जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक हुँदा बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।
आज सिटी होटेलका लगानीकर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने माण्डू हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेस्टमेन्ट नेपाल लिमिटेड सगरमाथा लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९ प्रतिशत माथिले कमाएका छन् ।
यता सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले भने आज ४.२१ प्रतिशतले गुमाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar