एजेन्सी– अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।
शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौं गाउँहरू ध्वस्त पारेको थियो ।
आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar