काठमाडौं– सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान सेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जसमध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।
आइपीओ बाँडफाँड अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले सेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन् ।
कम्पनीले असोज १४ गतेदेखि असोज १८ गते गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निष्काशन गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar