काठमाडौं– लगातार तेस्रो दिन आज पनि सेयर बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर ओरालो लागेको छ ।
सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको सेयर साढे सात प्रतिशत तथा गरिमा डिबेञ्चरको सेयर झण्डै ६ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै अपर लाहोरे खोला जलविद्युत् कम्पनीको सेयर झण्डै ६ प्रतिशतले बढेको छ ।
आज ४२ लाख ८७ हजार कित्ता सेयर एक अर्ब २८ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar