काठमाडौं – आज पनि सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ ।
आज उत्पादन र व्यापार समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर ओरालो लागेको छ ।
सबैभन्दा धेरै बाराही हाइड्रोपावर र हिमालय लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको सेयर झन्डै सात प्रतिशतले बढेको छ ।
आज ४३ लाख २७ हजार कित्ता सेयर एक अर्ब १७ करोड एक लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar