काठमाडौं– मनसुनी प्रणाली कमजोर बनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरी नसकेकाले सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र बाहेकका ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।
गण्डकी, बागमती र कोशीको पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परिरहेको मौसमविद् राजु प्रधानांगले बताए । उनका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशको एक वा दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मनसुन बाहिरिसकेको सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम भने सफा छ । नेपालबाट पूर्णरुपमा मनसुन बाहिरिन अझै दुई तीन दिन लाग्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar