काठमाडौं– सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलमा चिनी उपलब्ध नगराएको भन्दै उपभोक्ताले आलोचना गरेपछि अन्तिम समयमा चिनीको जोहो गरिएको छ ।
आजदेखि देशभर सहुलियत पसल सञ्चालनमा आएपनि थापाथली बिक्री केन्द्रमा मात्रै चिनीको बिक्री सुरु गरिएको छ ।
प्रतिपरिवार २ किलोका दरले चिनी बिक्री सुरु गरिएको छ । चिनीको मूल्य प्रतिकिलो ९७ रुपैयाँ तोकिएको छ ।
साल्ट ट्रेडिङसँग मौज्दात रहेको ३०० टन चिनी ल्याएर बिक्री सुरु गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar