काठमाडौं– अफगानिस्तानमा शनिबार राति ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए ।
एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एपीले आइतबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ ।
अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन् । उनीहरूको उद्धारको प्रयास भइरहेको छ ।
भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल, सैनिक शिविरमा राखिएको हेरातको स्वास्थ्य विभागका अधिकारीले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar