काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको बताएका छन् ।
प्रधानमन्त्रीले बीआरआईको वित्तिय मोडलको मसिनो छलफल आवश्यक रहेको र केही नीतिमा पुनर्विचार गर्न आफुले चीनलाई सुझाव दिएको पनि बताए ।
परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने पनि प्रधानमन्त्रीको भनाइ थियो ।
बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आज काठमाडौंको याक एण्ड यतीमा ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar