काठमाडाैं – प्यालेस्टाइनी लडाकूहरूले गाजा पट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेका र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको शनिबार इजरायली अधिकारीहरूले बताएका छन् ।
इजरायली चिकित्सकहरूले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटनामा दर्जनौँ व्यक्ति घाइते भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘आफूहरू युद्धमा रहेको’ भन्दै कडा प्रतिकारको चेतावनी दिँदैसैन्य भण्डारलाई व्यापक रूपमा परिचालन गर्न आदेश दिएका छन् । उनले भने, ‘यो आक्रमणको लागि शत्रुले अनपेक्षित मूल्य चुकाउनु पर्नेछ ।’
गाजा पट्टीलाई नियन्त्रण गर्ने इरान समर्थित हमासले एक भिडियो जारी गरेको छ जसमा उसका लडाकुहरूले सादा पोशाकमा सजिएका तीन जनालाई समातेको र भिडियो क्याप्सनमा ‘शत्रु सैनिक’ को रूपमा वर्णन गरिएको छ । हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले भनेको छ, ‘हामीले इजरायलद्वारा कब्जा गरिएका सबै अपराधहरू अन्त्य गर्ने निर्णय गर्यौँ । जवाफदेही नबनाई विद्रोह गर्ने उनीहरूको समय सकिएको छ ।’
‘हामीले ‘अपरेशन अल अक्सा फ्लड’को घोषणा गर्यौं र हामीले २० मिनेटको पहिलो आक्रमणमा पाँच हजारभन्दा बढी रकेट प्रहार गर्यौं ।’
इजरायली सेनाले प्यालेस्टिनी लडाकूसँग गाजापट्टी नजिकका विभिन्न स्थानमा लडिरहेको जनाएको छ । सेनाले प्रतिरक्ष कारबाहीलाई ‘फलामको तरवार’ नाम दिएको छ । सेनाका प्रवक्ता रिचार्ड हेक्टका अनुसार लडाकूहरूले प्याराग्लाइडर, समुन्द्र र जमिनबाट संयुक्त रूपमा आक्रमण गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar