काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले फेरि तेस्रो पटक सरकारको दाबी आफुले गर्ने बताएका छन् ।
उनी यस अगाडि दुई पटक प्रदेश सभामा मुख्यमन्त्री बनेका थिए । तर दुबै पटक उनको नेतृत्वको सरकार अवैधानिक भएको भन्दै सर्वाेच्च अदालतले उनलाई पदमुक्त गरिदिएको थियो ।
एमालेका हिक्मत कार्कीले आज पदबाट राजीनामा दिएपछि उनले फेरि आफुले सरकारको दाबी गर्ने र त्यसको निर्णय गठबन्धनका केन्द्रीय नेताहरुले गर्ने बताएका छन् ।
नेपाली कांग्रेसमा पनि थापा बाहेक अरुलाई अगाडि सारेर जानुपर्ने आवाज उठेको छ ।
तर संसदीय दलका नेता थापाले भने मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, मुख्यमन्त्रीमा दाबी चाहिँ मेरो छ, निर्णय चाहि गठबन्धनका शीर्ष नेताहरुले गर्नुहुन्छ ।’ दुई पटक मुख्यमन्त्री बन्ने अवसर पाए पनि काम गर्ने मौका नपाएको उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar