काठमाडौं– एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधि भारतले जितेको छ । चीनको हाङझाउमा अफगानिस्तानसँगको खेल वर्षाले रद्द भएपछि भारतले वरियताका आधारमा उपाधिसहित स्वर्णपदक जितेको हो ।
वर्षाका कारण ढिला शुरु भएको खेलमा अफगानिस्तानले पहिला ब्याटिङ गर्दै १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाएको थियो ।
तर पानी परेपछि भारतले ब्याटिङ नै गर्न पाएन र खेल रद्द भयो । क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar