काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले आजै प्रदेश सभामा सम्बोधन गरेर पदबाट राजीनामा दिने एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि कार्की राजीनामा दिने निर्णयमा पुगेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar