काठमाडौं– एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ ।
मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ ।
आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३–२ को सेटमा जित निकालेको हो । पहिलो सेट मंगोलियाले २५–१७ ले जितेको थियो ।
तर दोस्रो सेटमा नेपाल २५–१८ र तेस्रो सेटमा २५–२१ को जितसँगै अग्रता लिन सफल भयो ।
चौथो सेटमा मंगोलिया २५–१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो । निर्णायक पाँचौ सेटमा नेपाल १५–१२ ले विजयी भयो ।
समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो । मंगोलियालाई पराजित गरेपछि नेपाल एघारौं स्थानमा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar