काठमाडौं– काठमाडौं महानगरपालिकाले खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
दशैंका लागि किनबेच हुने खसीबोकालगायत चौपायाको यही २३ गते मङ्गलवारदेखि नै अनुगमन र स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको छ । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र यस्तो अनुगमन हुँदै आएको थियो ।
कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने तयारी महानगरको छ ।
अनुगमन समितिका संयोजकसमेत रहेकी उपमेयर सुनिता डङ्गोलको संयोजकत्वमा महानगरको कृषि तथा पशुपक्षी विभाग, प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण हुने महानगरको कृषि विभाग प्रमुख डा. अवधेश झाले जानकारी दिए ।
महानगरले चौपाया बिक्री गर्ने ठाउँ, मासु पसल र बधशालालगायतका ठाउँमा पनि अनुगमन गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar