काठमाडौं – एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ ।
चीनको हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो ।
अफगानिस्तानका नूर अली जदरानले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान गुलबदिन नइबले नटआउट २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका अराफत मिनहस र उस्मान कदिरले २÷२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १८ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका ओभर युसुफले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरीद अहमदले ३ तथा कइस अहमद र जहिर खानले २÷२ विकेट लिए ।
अब अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar