काठमाडौ – नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ ।
केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो ।
राष्ट्र बैंकले यसअघिको २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याएको हो । यता, चालु आर्थिक वर्षमो मौद्रिक नीतिमार्फत २५ लाख रुपैयाँसम्मको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा भने शतप्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar