काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको बताएका छन् ।
भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले अर्थतन्त्रमा आएको सिथिलतालाई समाप्त पारेर गति दिन सरकार लागिरहेको बताए ।
मन्त्री महतले निर्माण व्यवसायीहरुको बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने दाबी गरेका छन् ।
उनले सम्बन्धित मन्त्रालयलाई यथार्थ विवरण पेश गर्न निर्देशन दिएको बताए । राष्ट्रबैकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने अर्थमन्त्रीले दाबी गरे ।
उनले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar