काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भूकम्प प्रभावित जिल्ला बझाङ गएका छन् ।
आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ गएका हुन् ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल पनि प्रधानमन्त्रीसँगै बझाङ गएका छन् ।
बझाङमा भूकम्पले पु¥याएको क्षति अवलोकन गर्नेछन् ।
भूकम्पपीडितको अवस्था र तत्काल आवश्यक राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिई प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar