काठमाडौं– बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार गएराति १० बजेर ५२ मिनेटमा ४ दशमलव ५ र १२ बजेर २३ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।
गएको मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । लगत्तै दोस्रोपटक ३ बजेर ६ मिनेटमा सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
ठूलो भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने गरेको केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले जानकारी दिए । उनका अनुसार बझाङमा भूकम्पपछि अहिलेसम्म तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । बझाङ भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।
बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा घर तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । केही पीडितहरु अहिले पनि घरबाहिर टेन्टमा बस्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar