काठमाडौं – नेकपा (एकीकृत समाजवादी) निकट खेलकुद महासंघले शनिवार काठमाडौंमा खेलकुद महोत्सवको उद्घाटन गर्दै छ ।
बिहिवार, नेपाल खेलकुद महासंघ समाजवादी (नेकोस)ले पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै शनिवार महोत्सवको उद्घाटन गर्ने जनाएको हो । महोत्सव पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । असोज ११ दिन चल्ने महोत्सवमा काठमाडौं, ललितपुर, पोखरा र हेटौंडामा १० वटा खेलको राष्ट्रिय च्याम्पियनशिप, साँस्कृतिक कार्यक्रम, पूर्व खेलाडी सम्मान सहित विभिन्न खेलको प्रदर्शनी हुने जनाईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष केशव कुमार विष्टले १३ गतेदेखी नै खेलकुद प्रतियोगिता सुरु भइृसकेको जानकारी दिए । ‘योग खेल र स्केटबोर्ड असोज १३ र १४ गते पोखरा रंगशालामा भव्यरुपमा सम्पन्न भईसकेको छ र आज काठमाडौं लैनचौरमा वि बोईङ खेल सञ्चालन भईरहेको छ । बाँकी ७ वटा खेल असोज २० गतेदेखी २३ गतेसम्म काठमाडौं, ललितपुर र हेटौंडामा सम्पन्न हुनेछ र समग्र महोत्सवको समुद्घाटन असोज २० गते शनिवार २ बजे सातदोवाटो खेल परिषरमा पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्षद्धारा भव्य समारोहका बीचमा हुने कार्यक्रम तय भएको समेत जानकारी गराँउदछौं ।’ विष्टले भने ।
त्यस्तै सवै खेलहरुको सञ्चालन र खेलकुद परिषदमा दर्ता भएका सम्बन्धीत खेल संघहरुले नै प्राविधिक सहयोग गरिरहेको र स्थानिय व्यवस्थापन खेलकुद महासंघ मातहतका राष्ट्रिय खेल संघ र प्रदेश तथा जिल्ला कमिटीहरुले गरिरहेको पनि विष्टले बताए । विष्टका अनुसार महोत्सवमा पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले आफ्ना पालिकाहरुमा हुने खेलहरुको प्रवर्धन र सहयोग गरेको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, नेपाल ओलम्पिक कमिटी र विभिन्न संघ संस्थाहरुले पनि आवश्यक सहयोग गरिरहेको उनले बताए ।
उक्त महोत्सवमा ७ वटै प्रदेश र खुल्ला गरी देसभरीबाट करिव १ हजार ६ सय खेलाडीहरुको सहभागिता रहने छ । त्यस्तै असोज २३ गते भलिवल खेलको फाईनल खेलसंगै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महोत्सवको समापन गर्ने कार्यक्रम रहेको विष्टले बताए ।
सरकारको आयोजना बाहेकको निजी क्षेत्रबाट भएको उक्त प्रतियोगिता देसकै पहिलो भएको भन्दै विष्टले खेलाडी र खेलकुदको क्षेत्रमा गरिरहेको प्रयासलाई प्रोत्साहन दिन र प्रत्येक वर्ष आयोजना गरिने लक्ष्य राखेको महोत्सवलाई सफल बनाउन पनि सबैसामु आग्रह गरे ।
महोत्सवमा भलिवल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बुद्धीचाल, योग खेल, सेपाकताक्र, वि वोईङ, स्केटवोर्ड, फुलकन्ट्याक कराँते लगायतका १० खेल खेलाईने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar