काठमाडौं – रिलायन्स फाइनान्स र चिरायु नेशनल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त फाइनान्सले हाल काठमाडौंसहित देशभरका विभिन्न २१ वटा शाखाबाट सेवा दिइरहेको छ । संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरी व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar