काठमाडौं – नेपथ्य ब्याण्डले क्यानडाको क्यालगरीमा पहिलो कन्सर्ट गरेको छ । आइतबार द प्यालेस थिएटरमा नेपथ्यले पहिलो भेट स्वरूप ‘सा कर्णाली’ को गीति भिडियो गुञ्जिएको थियो ।
मञ्चमा नेपथ्यले पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरिएको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, आँगनैभरि र खान्न म त लामपाते सुरती’ लगायतका गीतले दर्शकको मन जित्न सफल भएको थियो । सो कन्सर्टमा गायिका मीना निरौलासमेत उपस्थित थिइन् । ‘ठमेल बजार’ र ‘काले दाइ’ लगायतका गीतमा आवाज दिएकी गायिका मीना पछिल्लो समय क्यानडामै बसोबास गर्छिन् । उनले भनिन्, ‘मलाइ त तीज दशैंजस्ता चाडपर्वका बेला माइती नै आएको जस्तो लागिरहेको छ । मञ्चमा बसेर गाउने बानी त छँदै थियो, आज दर्शकसँग बसेर चिच्याउँदा चिच्याउँदै स्वर नै गयो ।’
गायक अमृतले ‘चरि मर्यो, जोमसोमे बजार, शिरफूल र लाहुरेहरूले ल्याएको, नैनाताल’ जस्ता गीत गाए । उनले यो भ्रमण मानवसेवा आश्रमप्रति समर्पित रहेको बताए । कन्सर्टको अन्त्यमा ‘रेशम, तालको पानी र रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिएको थियो । स्थानीय आयोजक टोली सदस्य जगदीश कँडेलले नेपथ्यको कार्यक्रम भव्य रुपमा भएको सुनाए । उनले भने, ‘नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महसुस गरिरहेका छौं ।’
कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए । यो कन्सर्टपछि नेपथ्यले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘द भोग थिएटर’ मा र अन्तिम प्रस्तुति ८ तारिखमा टोरन्टोस्थित क्यानडाकै सभागृह ‘म्यासी हल’ मा हुने जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar