काठमाडौं– आज सेयर बजार सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको सेयर साढे छ प्रतिशतले ओरालो लागेको छ ।
आज ४३ लाख २३ हजार कित्ता सेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar