काठमाडौं– दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन् ।
उनलाई स्वयम्भूबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए ।
यो सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो । त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो ।
यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar